भारतको एक अस्पतालमा आगलागी, १० नवजात शिशुको मृत्यु

भारतको एक अस्पतालमा आगलागी, १० नवजात शिशुको मृत्यु

समाचार एजेन्सी पिटिआईका अनुसार महाराष्ट्रको भंडारा जिल्ला अस्पतालमा आगलागी भएको हो। शनिबार बिहान २ बजे अस्पतालको बिरामी नवजात हेरचाइ इकाईमा आगलागी भएको समाचार एजेन्सीले जनाएका छन्।

आगलागीपछि अस्पताल भवनमा धुवाँ भरिँदा ती शिशुको ज्यान गएको बताइएको छ। 

अस्पतालका चिकित्सक डा. प्रमोद खांडेतले टाइम्स अफ इण्डियालाई दिएको जानकारी अनुसार तीन–चार शिशुको मृत्यु जलेर भएको हो भने बाँकीको अक्सिजन सप्लाई बन्द भएर भएको हो।   

आगलागीपछि सात शिशुलाई सुरक्षित निकालिएको समाचार एजेन्सीले जनाएका छन्। 

समाचार एजेन्सी मुम्बई मिररका अनुसार आगलागीपछि अस्पतालका कर्मचारीले ढोका खोल्दा धुवाँ भरिएको देखेपछि बरिष्ठ अधिकारीलाई घटनाबारे खबर गरिएको थियो। 

भंडारा जिल्लाका एसपी वसंत जाधवले घटनाबारे अनुसन्धान गर्ने बताएका छन्। 

यसैबीच, गृहमन्त्री अमित शाह, कांग्रेस नेता राहुल गांधीले ट्विटमार्फत घटनाप्रति दुःख व्यक्त गरेका छन्। 

बिबिसी

पुष २५, २०७७ शनिबार ०९:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।