बागलुङमा जीप दुर्घटना : चालकको मृत्यु, सात घाइते

बागलुङमा जीप दुर्घटना : चालकको मृत्यु, सात घाइते

बागलुङ : बागलुङमा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

 दुर्घटनामा सात जना घाइते भएका छन्।निसीखोला गाउँपालिका-२ मा बुधबार साँझ ग ३ च २७१३ नम्बरको पिकअप जीप दुर्घटना हुँदा २६ वर्षीय चालक कमरा रोका मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार उक्त जीप निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको थियो।
दुर्घटनामा घाइते हुनेहरुमा निसीखोला–३ का ५४ वर्षीय प्रेम विक, २७ वर्षीया बिरमला विक, एक वर्षीय सुवास विक, २४ वर्षीया मनि विक, २१ वर्षीया रतना सुनार, छ वर्षीय योजन विक र रुपन्देही देवीनगरका पाँच वर्षीय सत्य लोहार रहेको प्रहरीले जनाएको छ। कुलपूजाका लागि बाहुन गाउँ आएका उनीहरु घर फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। घाइते सातै जनालाई उद्दार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

पुष २३, २०७७ बिहीबार ०८:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।