गोर्खाली सेनाको पदमार्ग पछ्याँउदै नेपाली सेनाको एकीकरण पदयात्रा

गोर्खाली सेनाको पदमार्ग पछ्याँउदै नेपाली सेनाको एकीकरण पदयात्रा

काठमाडौं : नेपाली सेनाले गोर्खाली सेनाको पदमार्ग पछ्याँउदै एकीकरण पदयात्रा कार्यक्रम सुरु गरेको छ। सेनाले पुस २७ गते दुई सय ९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर पदयात्रा सुरु गरेको हो।

मंगलबार गोरखा दरबारबाट शुरु भएको पदयात्रा गोर्खाली सेनाले विजय अभियानका क्रममा गोरखादेखि धादिङ, नुवाकोट हुंदै २७ गते काठमाण्डौ जङ्गीअड्डामा आएर टुंगिने सेनाले जनाएको छ।

पदयात्रामा राष्ट्रिय झण्डा, टर्चका साथै पृथ्वीनारायण शाहकालिन सैनिक पोशाकमा र त्यस समयमा बनेका नेपालको पहिलो पाँच युनिटहरुको निशान झन्डा प्रयोग गरिएका छन। 

सेनाले कार्यक्रमले नेपालको इतिहासको जगेर्ना गर्दै राष्ट्रिय एकताको भावनामा अभिबृद्धी हुने बिश्वास लिएको छ।

कार्यक्रममा स्थानीय, सरकारी, गैर सरकारी निकायहरु र सर्वसाधारणकोसमेतको सहभागी रहनेछन्। पदयात्राका साथमा विभिन्न स्थानमा साँस्कृतिक कार्यक्रम,अन्तर्क्रिया तथा प्रवचनको कार्यक्रमहरुसमेत राखिएको सेनाले जनाएको छ।

पुष २१, २०७७ मंगलबार १८:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।