नायिका मनीषाको नेतृत्वमा रुक्माङगत र रमेश खरेल एकै मञ्चमा

नायिका मनीषाको नेतृत्वमा रुक्माङगत र रमेश खरेल एकै मञ्चमा

काठमाडौँ : पृथ्वी जयन्तीको बहाना बनाएर नायिका मनीषा कोइराला राजनीतिमा सक्रिय हुने तयारीमा लागेकी छिन्। पुस २७ को पृथ्वी जयन्तीको अवसर पारेर कोइराला राजनीतिमा सक्रिय हुन लागेकी हुन्। उनको टिममा नेपाली सेनाका पूर्व प्रधान सेनापति रुक्माङगत कटवाल, नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेल, नेकपा मालेका महासचिव सिपी मैनाली लगायत छन्।

मङ्गलवार सो समूहले काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेर पृथ्वीनारायण शाह राष्ट्र निर्माता भएकाले नै नेपालको पहिचान जोगिएको भन्दै सबै मिलेर पृथ्वी जयन्ती मनाउन आग्रह गरिन्।  उनले पृथ्वीनारायण शाहको आदर्शलाई ख्याल गर्न नेपाली नागरिकलाई आग्रह गरेकी थिइन्।

सुरुदेखि नै राजसंस्थाको पक्षमा लागेकी मनीषाले पछिल्लो समय कालापानी र लिम्पियाधुरा नेपाली भूभाग भएको भन्दै अभिव्यक्ति दिएकी थिइन् । मनीषाले लामो समयदेखि राजतन्त्रको पक्षमा आफ्ना अभिव्यक्ति दिँदै आएकी छिन्।

उनको बुबा प्रकाश कोइराला राजतन्त्रको पक्षमा वकालत गर्दै आएका थिए। पछिल्लो समय भने उनी सक्रिय राजनीतिबाट टाढै छन्। खरेल भ्रष्टाचारविरुद्ध सक्रिय हुँदै आएका थिए। उनले हाम्रो सुशासन अभियान सुरु गरेका थिए। अभियानमा देवेन्द्र प्रसाद सिटौला , डा नारायण घिमिरे, राजकुमार यादव र रोशन श्रेष्ठ लगायतका सहभागी थिए।

 

 

 

 

पुष २१, २०७७ मंगलबार १७:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।