प्रदेश नम्बर २ को नेकपाको संसदीय दलको नेता बदलियो

प्रदेश नम्बर २ को नेकपाको संसदीय दलको नेता बदलियो

जनकपुर : नेकपामा बढ्दो किचलोको प्रभाव प्रदेश नम्बर २ मा समेत देखिएको छ। प्रदेश २ मा नेकपा प्रतिपक्षमा छ। यस अगाडि संसदीय दलको नेतामा  सत्यनारायण मण्डल थिए। उनी केपी ओली पक्षको भएकाले पुष्पकमल दाहाल र माधव नेपाल समूहले उनलाई हटाएर शत्रुधन महतोलाई नेता बनाएको छ।

दाहाल–नेपाल समूहका सांसदहरूले संसदीय दलमा मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। मङ्गलवार भएको मतदानमा सो प्रस्ताव पास भएको थियो। 

मङ्गलवार भएको निर्वाचनमा महतो सर्वसम्मत रूपमा चयन भए। प्रदेश नम्बर २ को मा नेकपाका ३२ सांसद छन्। यीमध्ये १८ जनाले मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । महतोको पक्षमा १९ जना सांसद उभिएपछि मण्डल नेताबाट हटेका हुन्।

 

पुष २१, २०७७ मंगलबार १७:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।