बाँकेमा तीन जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा तीन जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं : बाँकेमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट तीन जनाको मृत्यु भएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पतालमा दुई जना र नेपालगन्जस्थित भेरी अस्पतालमा एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो।

केन्द्रका अनुसार नेपालगञ्ज मेडिकल कलेजमा दाङ, घोराही उपमहानगरपालिका–१८ का १३ वर्षीय बालक र कञ्चनपुरको महेन्द्रनगर–५ का ६० वर्षीय पुरुषको मंगलबार बिहान तथा भेरी अस्पतालमा बाँकेको जानकी गाउँपालिका–३ का ६८ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको केन्द्रले जनाएको छ। 

पुष २१, २०७७ मंगलबार १६:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।