ललितपुरका विभिन्न स्थानमा आज ६ घन्टा बिजुली काटिने
काठमाडौं : ललितपुरका विभिन्न स्थानमा आज (मंगलबार) ६ घन्टा बिजुली काटिने भएको छ।
६६ केभी प्रशारण लाइन मर्मत गर्न लगनखेल वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा मंगलबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बिजुली काटिन लागिएको हो।
नेपाल विद्युत प्राधिकरणका अनुसार आज मंगलबजार फिडरको इमाडोल कृष्ण मन्दिर अगाडिदेखि पवन प्रकृतिसम्म बिजुली काटिनेछ।
यस्तै, इमाडोल, कृष्ण मन्दिर, बोझे पोखरी, महर्जन चोक, ढुंगेसागु, टीकाथली, मोती चोक, खरिबोट, ग्याँस प्लान्ट लगायतका स्थानमा विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।
पुष २१, २०७७ मंगलबार ०८:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।