दाहाल–नेपाल समूहले गुरुङ र पोखरेललाई प्रदेश इन्चार्जबाट हटायो

दाहाल–नेपाल समूहले गुरुङ र पोखरेललाई प्रदेश इन्चार्जबाट हटायो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेललाई प्रदेश इन्चार्ज पदबाट हटाएको छ। 

पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा नेपालको अध्यक्षतामा सोमबार बसेको उक्त समूहको स्थायी कमिटी बैठकले लुम्बिनी प्रदेश इन्चार्ज पोखरेल र गण्डकी प्रदेश इन्चार्ज गुरुङलाई पदबाट हटाएको हो। 

यस्तै, बैठकले गण्डकी प्रदेशमा देवेन्द्र पौडेल र लुम्बिनी प्रदेशमा युवराज ज्ञवालीलाई इन्चार्ज तोकेको छ। 

पुष २०, २०७७ सोमबार २०:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।