पार्टी एकताका लागि नेपालको नेतृत्वमा १२ सदस्यीय गृहकार्य समिति गठन

पार्टी एकताका लागि नेपालको नेतृत्वमा १२ सदस्यीय गृहकार्य समिति गठन

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल –माधव नेपाल समूहले पार्टी एकताका बाँकी काम पूरा गर्न गृहकार्य समिति गठन गरेको छ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले एकीकरणको बाँकी काम पुरा गर्न सुझाव दिन अध्यक्ष माधव नेपालको नेतृत्वमा १२ सदस्यीय गृहकार्य टोली गठन गरेको हो।

उक्त टोलीमा अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण बिष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन, बेदुराम भुसाल, भीम रावल, मातृका यादव, लिलामणि पोखरेल, सुरेन्द्र पाण्डे रहेका छन्।

प्रवक्ता नारायणकाजी श्रेष्ठले उक्त टोलीले प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गीय संगठन र मोर्चा संगठनहरुको पदाधिकारीबारे तथा पार्टी संगठनको एकीकरणको बाँकी रहेको कामहरु पुरा गर्ने सम्बन्धमा सात दिनभित्र सुझाव दिएर कार्यान्वयनको प्रक्रियामा लगिने जानकारी दिए।

पुष २०, २०७७ सोमबार १९:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।