योगेश भट्टराईको चेतावनी– प्रधानमन्त्री ज्यू, बालुवाटारमा बसेर आतंक मच्चाउन छोड्नुस्

योगेश भट्टराईको चेतावनी– प्रधानमन्त्री ज्यू, बालुवाटारमा बसेर आतंक मच्चाउन छोड्नुस्

‘प्रधानमन्त्रीज्यू ! सिंहदरबार र बालुवाटारमा बसेर आतंक मच्चाउन छोड्नुस्’, भट्टराईले सोमबार चितवनमा कार्यकर्ता भेलाई संबोधन गर्दै भने।

प्रधानमन्त्री ओलीले जिउँदा नेताहरुमाथि श्रद्धाञ्जली दिएको विषयप्रति पनि उनले आपत्ति जनाएका छन्।
नेता भट्टराईले प्रधानमन्त्री ओलीले पुष्पकमल दाहला र माधवकुमार नेपालमाथि श्रद्धाञ्जली दिएर राजनीतिक कुसंस्कार अनुसरण गरेको बताए।

‘उहाँबारे टिप्पणी गरेर मलाई लज्जित हुनु छैन्। जिउँदै नेताहरुलाई श्रद्धाञ्जली दिनुभयो। के भन्दै हुनुहुन्छ केपी ओली होसमा त हुनुहुन्छ ?, ठेगानमा त हुनुहुन्छ ? सन्तुलनमा त हुनुहुन्छ ? मैले मेरो प्रधानमन्त्रीमा पागलपन छ भनेर भनेको छैन्। तपाई यो खालको अवस्थाबाट फर्किनुस्। अति भयो। तपाई जे शब्द प्रयोग गर्दै हुनुहुन्छ। प्रधानमन्त्री भनेको हेड सर नै हो। कम्युनिष्टहरुले सभ्य समाज बनाउनुपर्छ’, उनले भने।

उनले संसद विघटन प्रधानमन्त्रीले भनेजस्तो राजनीतिक मुद्दा हो भने अदालतमा प्रवेश गर्न नमिल्ने बताएका छन्। उनले संसद विघटन संवैधानिक मुद्दा हो भने संविधानले प्रधानमन्त्रीलाई यो अधिकार नदिएको स्पष्ट पारे।

‘प्रधानमन्त्रीले अदालतलाई जवाफ पठाउँदै यो राजनीतिक मुद्दा हो भन्नुभएको छ, हामी पनि भन्छौं यो राजनीतिक मुद्दा हो, अदालत प्रवेश नगरोस्। यदि संवैधानिक मुद्दा हो भने संविधानले प्रधानमन्त्रीलाई यो अधिकार दिएको छैन’, उनले भने।

प्रधानमन्त्रीले पार्टी फुटाउने अध्यादेश ल्याएर विधिको शासन उल्लंघन गरेको उनले बताएका छन्। उनले कार्यपालिकाले दिनदहाडै व्यस्थापिकामाथि प्रहार गरेको बताए।
 

पुष २०, २०७७ सोमबार १४:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।