ओलीविरुद्ध मिलेर आन्दोलन गर्न दाहाललाई मोहन विक्रम सिंहको आग्रह

ओलीविरुद्ध मिलेर आन्दोलन गर्न दाहाललाई  मोहन विक्रम सिंहको आग्रह

बिहीबार दाहालकी श्रीमती सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगेका महामन्त्री सिंहले प्रधानमन्त्री ओलीले संसद विघटनविरुद्ध एक जुट भएर आन्दोलनमा होमिन आग्रह गरेका हुन्। सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि महामन्त्री सिंहले अध्यक्ष दाहालसँग राजनीतिक विषयमा छलफल गरेका थिए।

‘संसद विघटन असंवैधानिक छ। यो पुनःस्थापना हुनुपर्छ। संयुक्त आन्दोलन गरौँ, त्यसो हुन नसके तपाईंहरुले गर्ने आन्दोलनप्रति हाम्रो समर्थन हुन्छ’, दाहालसँग महामन्त्री सिंहले भने।

पुष १६, २०७७ बिहीबार २१:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।