आज यःमरि पुन्हि
नेपाल संवतको दोस्रो महिना तथा थिंला पूर्णिमाको पहिलो पूर्णिमा अर्थात् (धान्य पूर्णिमा)को दिन यःमरि पुन्हि मनाइन्छ।
आज यःमरि बनाएर खाने चलन छ। यःमरि खाइने भएकाले आजको दिनलाई यःमरि पुन्हि भन्ने गरिएको हो। यो चाकु वा खुवा राखेर चामलको पिठोबाट बनाइने विशेष परिकार हो।
यस्तै, आज साँझ केटाकेटी तथा युवायुवती जम्मा भई यःमरि माग्ने प्रचलन छ।
यस दिन यःमरिलाई अन्न भण्डारमा चढाउने गरिन्छ। यसले धनसम्पत्ति र अन्न लाभ हुने जनविश्वास छ। साथै आज विवाहित चेलीबेटीलाई बोलाएर भोज पनि खुवाउने प्रचलन रहेको जानकार बताउँछन्।
ज्यापु समुदायले आजको दिन ज्यापु दिवसका रुपमा पनि मनाउने गर्छन्।
पुष १५, २०७७ बुधबार ०८:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।