विचारमासमेत स्खलित भैसकेका ओली अझैँ बयलगाडामै छन्–दाहाल

विचारमासमेत स्खलित भैसकेका ओली अझैँ बयलगाडामै छन्–दाहाल

संसद विघटनको विरोधमा मंगलबार राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै दाहालले ओलीले देशलाई भड्खालोमा हालेको बताएका छन्। उनले सदन भंग नभएको भन्दै केपी ओली नेतृत्वको सरकार मात्रै भंग भएको बताए।

‘हामी माननीयहरु जिवित नै छौं। संसद भंग भएको छैन। केपी ओली नेतृत्वको सरकार मात्रै भंग भएको छ’ दाहालले भने,‘हामीले केपी ओलीलाई बुझ्न सकिएनछ।’

संविधानमाथि अहिलेसम्म कसैले प्रहार गर्न सकेको भन्दै दाहालले अहिले आफूलाई सपना जस्तो लागेको बताए। 

‘ओली विचारमा पनि स्खलित भइसके। उहाँ निरंकुश तानाशाहा हो। उहाँले देशलाई भड्खालोमा हाल्नुभयो’, दाहालले भने। 
यस्तै दाहालले तीन वर्षमै केपी ओलीविरुद्ध सडकमा उत्रिनुपर्ला भनेर आफूले कल्पना पनि नगरेको बताए। 

‘म आफैँ पार्टी एकताको प्रस्ताव लिएर केपी ओलीकहाँ पुग्दा सोचेको थिइनँ– तीन वर्षपछि तिनै ओलीविरुद्ध सडकमा आउनुपर्छ भनेर। अहिले हामी सडकमा छौं।’

बाम एकतालाई जनताले दुई तिहाइ जनमतले अनुमोदन गरे पनि ओलीले संविधानमाथि निर्मम प्रहार गरेको दाहालले आरोप लगाए। 
ओली अहिले पनि बयलगाडाकै सिद्धान्तमा रहेको उनले बताए। 
 

पुष १४, २०७७ मंगलबार १६:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।