ओली प्रवृतिको आयु सकियो– नेपाल
‘निरंकुशताको बाटो समातेका केपी ओली र ओली प्रवृत्तिको आयु सकियो।’ संसद विघटनविरुद्ध मंगलबार काठमाडौंमा भएको प्रदर्शनलाई सम्बोधन गर्दै नेता नेपालले भने ओली प्रवृत्तिको आयु यति नै हो अब सकियो।’
ओलीले पुस ५ गते चालेको कदम जनभावना र राजनीतिक हिसावले उचित नभएको भन्दै नेपालले असंवैधनिक कदमलाई अस्वीकार गर्न आन्दोलनको उद्घोष गरेको स्पस्ट पारे।
‘ओलीमा कम्युनिष्टको गुण नै छैन। उनलाई न पार्टीको मतलव छ, न अनुशासन न बैठक, कुनै कुराको मतलव छैन। मात्रै व्यक्तिगत लाभ चाहिएको छ’ नेपालले भने।
प्रतिनिधि सभा पुर्नस्थापनाको लागि अगाडि बढ्छन भने अँझै मौका दिएको भन्दै नेपालले ओलीलाई सुर्धान सकिन्छ कि भनेर आफूहरु लागिपरेको बताए।
संविधानमा प्रतिनिधिसभा विघटनको व्यवस्था नभएको नेपालको भनाई थियो। हिजोसम्म प्रतिगमनविरुद्ध आन्दोलन गर्दै आएकोमा केपी प्रवृत्ति र बंशको व्यक्तिबाद, अहंकार, संविधान र कानून मिच्ने प्रवृत्तिका विरुद्ध आन्दोलनमा होमिनु विडम्बनापूर्ण रहेको उनको भनाई थियो।
ओलीले जनतालाई मान कम अपमान बढी सुख कम र दुख बढी दिएको नेपालको भनाई थियो। उनले प्रतिनिधि सभा पुर्नस्थापना भएरै छाड्ने जिकिर गरे।
गणतन्त्रको आन्दोलन चलेका बेला खिसिट्युरी गरेर बलयगाढा चढेर अमेरिका पुग्छु भन्नु र नेपालमा गणतन्त्र आउछ भन्नु एकै हो भन्ने ओलीले चालेको असंवैधानिक कदमपछि पार्टी अध्यक्षबाट हटाएको बताए।
‘अझै उहाँ सुध्रनुहुन्छ कि भनेर पार्टी सदस्यबाट हटाएका छैनौँ,’ नेपालले भने,‘अझै पनि ओलीले पश्चाताप र गल्ती स्वीकार गरेमा सबै कुरा बिर्सन तयार छौँ।’
केही नेताहरु अझैपनि ओलीलाई मनाउने प्रयासमा रहेको भन्दै बालुवटारको बालुवा पेलेर तेल निकाल्ने प्रयासमा लागेका नेताहरुलाई शुभकामना दिए।
पुष १४, २०७७ मंगलबार १५:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।