सोमबार २३ चैत, २०८२
झलनाथले भने–ओलीले संविधानमा प्वाल पार्ने काम गरे
जनताको बलिदानबाट तयार भएको संविधानलाई ओलीले आफुअनुकुल स्वार्थका लागि उपयोग गरेको खनालको आरोप छ।
उक्त समूहले मंगलबार भृकुटीमण्डपमा आयोजना गरेको विरोध सभामा खनालले ओलीको कदमलाई साथ दिएर आघि बढे मुलुक संकटतर्फ धकेलिने भएकाले उक्त कदमविरुद्ध विरोधमा उत्रिनुपरेको बताए।
आन्दोलनमार्फत संसद विघटनको असंवैधानिक कदम सच्याउन आन्दोलनलाई शसक्त बनाउने खनालले उद्घोष गरे।
‘जवसम्म संसद पुर्नस्थापना हुँदैन। संविधान ठिक ठाँउमा आँउदैन। हामी आन्दोलनको आँधिवेहोरी ल्याएरै छाड्नेछौँ’ खनालले भने।
पुष १४, २०७७ मंगलबार १५:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।