ओली निरंकुश शासकको अवतारमा देखिए - अष्टलक्ष्मी शाक्य

ओली निरंकुश शासकको अवतारमा देखिए - अष्टलक्ष्मी शाक्य

मंगलबार नेकपाले आयोजना गरेको विरोध कार्यक्रमलाई भृकुटीमण्डपमा सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएकी हुन्। 

गणतन्त्रमा प्रधानमन्त्री भएर ओलीले लोकतान्त्रिक अधिकार खोस्ने प्रयास गरेको उनको आरोप छ।  ‘हिजो राजतन्त्रले अधिकार खोस्न नसकेको ओलीले कसरी सक्छन ?’ उनले भनिन्,‘१५ वर्षअघि निरंकुश शासनको विरुद्ध सडकमा आएझैँ फेरी सडकमा उत्रिएका छौँ।’ जनताको शक्तिको अगाडि कस्ता शासकको त केहि लागेन भने ओलीको के लाग्छ ?’ 

राजतन्त्र फालेर गणतन्त्र प्राप्त गर्दा खोसिएका अधिकार पाएको अनुभूति गरेकोमा ‘गणतन्त्र ल्याँउदा विश्वास गरेर जनताले अभिमत दिएको उनको भनाई थियो। ‘तीनै तहमा हामीले वर्चस्व पनि पाएका थिँयौ। तर,ओलीले यसमाथि धावा बोलेर निरंकुश र स्वइछचारी शासकको रुपमा देखा परे।’ शाक्यले भनिन्।

कार्यक्रममा उनलाई केही दिनमै बाग्मती प्रदेशको मुख्यमन्त्री हुने भनेर। परिचित गराईएको थियो। नेकपा विभाजनसँगै बाग्मती प्रदेश सरकार धरापमा परेको छ।

पुष १४, २०७७ मंगलबार १५:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।