संसद् विघटनको विरोधमा दाहाल-नेपाल समूहले आज देशभर प्रदर्शन गर्दै 

संसद् विघटनको विरोधमा दाहाल-नेपाल समूहले आज देशभर प्रदर्शन गर्दै 

केन्द्रीय राजधानी काठमाडौंको प्रदर्शनमा दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायत शीर्ष नेताहरू सहभागी हुँदैछन्।

प्रदर्शनपछि भृकुटीमण्डपमा गरिने सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। 

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा पुस ५ मा संसद् विघटन गरिएपछि नेकपाभित्र तीव्र विरोध भइरहेको छ। सोही कारण नेकपा विभाजन हुने अवस्थामा पुगेको छ। 

यसअघि हिजो प्रधानमन्त्रीको उक्त कदमको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको थियो। 

पुष १४, २०७७ मंगलबार १०:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।