श्रीमान न्यायको हत्या नहोस् : गगन थापा
प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेस बाँकेले नेपालगंजमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै थापाले अदालतले न्याय दिने आशा व्यक्त गरे।
‘अदालतले न्याय देओस श्रीमान्, अदालतप्रति जनताको आस्था र सम्मान छ, श्रीमान न्यायको हत्या नहोस,’ सम्म्बोधनका क्रममा नेता थापाले भने ।
उनले कांग्रेसले अदालतको आदेशको पालना गर्ने समेत बताए। ‘अदालतप्रति कांग्रेसको भरोसा छ, कांग्रेसले अदालतको आदेशको पालना गर्छ,’ थापाले भने।
थापाले कांग्रेस सानदार ढंगले जित्ला र संसदमा ताली बजाएर स्वागत गरौंला भनेर प्रधानमन्त्री ओलीले चुनाव घोषणा नगरेको पनि बताए।
‘केपी ओलीले सानदार ढंगले कांग्रेस जित्ला र संसदमा ताली बजाएर स्वागत गरौंला भनेर चुनाव घोषणा गरेका होइनन्,’ थापाले भने, ‘कुनै अलमल नगरी जनताका बीचमा तपाईंहरू जानुहोस्।’
राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि ठूलो प्रहार गरेको थापाको भनाइ छ।
यस्तै थापाले प्रधानमन्त्री ओलीले संसद विघटनपछि विस्तार गरेको मन्त्रिपरिषद्माथि व्यंग्य गर्दै वन खानेहरुलाई नै मन्त्री बनाएको आरोप लगाए।
उनले भने, ‘जसले वन खान्छ, उसैलाई वनमन्त्री !’ प्रधानमन्त्री ओलीले प्रेम आलेलाई वनमन्त्री बनाएका छन्। उनीमाथि वन तस्करीको अरोप छ।
पुष १३, २०७७ सोमबार १६:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।