अदालतको स्वविवेकीय निर्णय मान्छौ : देउवा

अदालतको स्वविवेकीय निर्णय मान्छौ  : देउवा
तस्विर : कृष्पा श्रेष्ठ

नेपाली कांग्रेस भक्तपुर निर्वाचन क्षेत्र नं २ ले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले अदालतलाई धम्क्याउने र हस्तक्षप गर्ने काम कांग्रेसबाट नहुँने बताएका हुन्।

संविधान विघटनको सन्दर्भमा अदालतको निर्णय नेपाली कांग्रेसले स्वीकार गर्ने उनले स्पस्ट पारे। अदालतको स्वविवेकीय निर्णय आफूहरुले मान्ने देउवाको तर्क छ। तर, ओलीको कदम असंवैधानिक भएको उनले बताए। 

उनले कोरोनाको समयमा पनि प्रदर्शनमा उत्रिनु परेको भन्दै ओलीको कदमका विरुद्ध भने संघर्ष गर्ने बताए। कोरोना भ्याक्सिन नआएको अवस्थामा सचेत रहन पनि सभापति देउवाले सबैमा आग्रह गरे। 

पुष १३, २०७७ सोमबार १६:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।