ओलीले कलंकको टिका लगाए : दाहाल

ओलीले कलंकको टिका लगाए : दाहाल

सोमबार काठमाडौंमा जनसांस्कृतिक महासंघ नेपालको प्रशिक्षण भेलालाई संवोधन गर्दै दाहालले उक्त कुरा बताएका हुन्।

उनले संविधानमा नै नभएको अवस्थामा ओलीले संसद् विघटन गरेको आरोप लगाए। उनले ओली सरकार विघटन भएको तर, संसद् विघटन नभएको दाबी गरे। विघटन गरिएको संसद्लाई सूचना गर्न अदालतले आदेश दिने दाहालले विश्वास व्यक्त गरे। 

ओली श्री ५, महाधिराज जंगेको बाटोमा हिँडेकोले पराजय शुरू भएको उनले बताए। आफूहरू जनताकोमा गएकोले विजयी शुरूआत भएको उनको भनाई थियो।

ओलीले कलंकको टिका लगाए पनि आफूहरूलाई जनताको बीचमा पुर्याएर हिरो बनाएको उनले बताए। उनले केही महिनाभित्र ओलीसँगको लडाइँ फाइनल हुने उद्घोष गरे।

पुष १३, २०७७ सोमबार १६:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।