भ्रष्टाचार लुकाउन ओलीले संसद विघटन गरे : रामचन्द्र पौडेल
उनले आफ्नो गृह जिल्ला तनहुँमा नेपाली कांग्रेसको विरोध सभालाई सम्बोधन गर्दै ओलीले प्रतिनिधि सभा विघटन गर्ने बाटो रोज्नुले मुलुक अन्योलतातर्फ धकेलिएको बताए्।
उनले प्रश्न गरे,– प्रतिनिधिसभा पनि नब्युँतिने अनि चुनाव पनि नहुने अवस्था आए के गर्ने ? यो मुलुकमा प्रतिनिध सभा पनि पुनस्थापन नहुने र चुनाव पनि नहुने अवस्था भए नेपाल फेरी हिंसामा पुग्ने भन्दै यसतर्फ आफू चिन्तित रहेको उनको तर्क छ।
नेपाल अफगानस्थान हुने जोखिममा रहेको उनको तर्क छ। पौडेलले भने,‘नेपाल अफगानस्थानको हालतमा पुग्ने हो की भन्ने चिन्ता छ।’
नेता पौडेले यो संविधानको भावना बुझिदिन सर्वोच्चका न्यायमूर्तीसँग अनुरोधसमेत गरे। संविधान गुमे देश अन्यौल्तामा जाने उनले चिन्ता व्यक्तगरे।
उनले भने,‘अझै पनि देशलाई अफगानस्थान हुन नदिन सर्वोच्चका न्यायमूर्तिसँग म जिकिर गर्न चाहन्छु।’ पौडेलले नेपाल शक्ति अखडाको केन्द्र बनिरहेको बताए। प्रतिनिधि सभाको विघटन हुनलाई ‘बिना बादलको पानी’को संज्ञा उनले दिए।
संवैधानिक परिषद्लाई र संवैधानिक आयोगहरुलई ओलीले आफ्नो अनुकुल बनाएर आफ्नो खल्तिमा राख्ने षड्यन्त्र गरेको उनको आरोप छ। भ्रष्टाचार लुकाउनका लागि प्रतिनिधि सभा नै भंग गरेर ओलीले षड्यन्त्र गरेको पौडेललेकले आरोप लगाए।
पौडेलले संसद विघटन नगर्न राष्ट्रपतिलाई अनुरोध गरेको भएपनि नमानेको पौडेलले खुलाए। आफूले तत्काल भनेको उनले बताए। तर, राष्ट्रपतिले ओलीको सिफारिस एक घण्टामानै स्वीकृत गरेर प्रतिनिधि सभा भंग गरेको बताए।
पुष १३, २०७७ सोमबार १५:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।