ओलीको कदम टुलुटुलु हेरेर बस्दैनौं : सिंह

ओलीको कदम टुलुटुलु हेरेर बस्दैनौं : सिंह

नेता सिंहले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ ले  नयाँबानेश्वरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै ओली सरकारलाई संसद विघटन गर्ने अधिकार नभएको बताएका हुन्। 

नेपाली कांग्रेसले ओलीको कदम टुलुटुलु हेरेर नबस्ने सिंहको तर्क छ। संसदीय लोकतन्त्र बचाउन उनले अपील गरे।  
राष्ट्रवादी दाबी गर्ने ओलीको राष्ट्रवाद उदांगो भएको सिंहले आरोप लगाए। उनले कम्युनिष्ट सरकारबाट अधिकारको हनन हुने खतरा रहेको बताए। 

नेता सिंहले संविधान अनुसार संसद विघटन गर्न नमिल्ने बताए। उनले भने,‘सरकारले संवैधानिक कु गरेको छ। ओली सरकारले अधिनायकवाद लाद्न खोजेको छ।’ 

ओली सरकारलाई जनताले दिएको पाँच वर्षको जनादेशको अपमान गरेको नेता सिंहको आरोप छ। उनले ओली सरकार भ्रष्टाचारी भएकोसमेत आरोप लगाए। 

कोरोना महामारीको अवस्थामा पनि कमिसनको खेलमा ओली लागेको उनले आरोप लगाए। 

राष्ट्रपतिको संविधानको संरक्षणको कर्तव्य भएपनि राष्ट्रपतिको गरिमामा नै आँच पुग्ने किसिमले संसद विघटन गर्नु गैह्र संवैधानिक कदम भएको उनले बताए।

पुष १३, २०७७ सोमबार १५:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।