कम्युनिष्टका कारण नेपाल शक्ति राष्ट्रको अखडा बन्यो : सहमहामन्त्री महत

कम्युनिष्टका कारण नेपाल शक्ति राष्ट्रको अखडा बन्यो : सहमहामन्त्री महत
फाइल तस्विर ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ ले  महाराजगन्जस्थित नारायणगोपाल चोकमा आज आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै सहमहामन्त्री डा. महतले यस्तो आरोप लगाएका हुन्। डा. महतले भने,‘नेपाल शक्ति राष्ट्रको चलखेलको अखडा बनिरहेको छ।’ उनले प्रश्न गरे,–यो कस्को कारणले हो ? नेपाललाई कसको प्रभाव क्षेत्रमा राख्ने भन्ने भारत र चीनको प्रतिस्पर्धा चलिरहेको महतले ओली सरकारलाई आरोप लगाएका छन्।

उनले ओलीले नेपाली जनतालाई नभई शक्तिको स्रोत विदेशीलाई ओलीले लिएको आरोप लगाए। 
उनले संविधान विघटनको बारेमा सर्वोच्च अदालतले नै अन्तिम निर्णय गर्ने बताए। सर्वोच्चले संसद पुनस्थापनको निर्णय गरेपनि कम्युनिष्टले ठिक ढंगले सरकार नचलाउने उनले बताए। तर, संसद विघटन नै भएको अवस्थामा पनि ओलीले चुनाव गराउनेमा कांग्रेस सशंकित भएको नेता महतले बताए। त्यसैले चुनाव नगरी सत्तामा नै ओली सरकार बस्न खोजे नेपाली कांग्रेसले कुनै हालतमा पनि नछोड्ने बताए।

ओली सरकारले भ्रष्टाचार गर्नबाहेक अरु केही नजानेको उनले आरोप लगाए। ‘नेकपा सरकार कोरोनाको विषम परिस्थितिमा पनि भ्रष्टाचार गर्नमा मात्रै सक्रिए बन्यो’ महतले भने,‘ओली सरकारले जनतालाई भने भेडा बाख्रा ठानेको छ।’

ओलीले कहिले रेल त कहिले पानी जहाल ल्याउँछु भनेर कुरै कुराले जनतालाई अल्मल्याउन खोजेको आरोप लगाए। 
ओलीको सत्ता अर्जुन दृष्टी भएको महतको आरोप छ। ओलीका लागि सत्ता भन्दा जनता कहिल्यैपनि प्रमुख नभएको उनले आरोप लगाए। 

समृद्ध नेपाल ‘सुखि नेपाली’ आलीको नारा नक्कली भएको महतको आरोप छ। कम्युनिष्टलाई परास्त गर्नुको विकल्प नभएको उनले बताए। 

पुष १३, २०७७ सोमबार १५:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।