नेकपा अध्यक्ष दाहाल र चिनियाँ कम्युनिस्ट पार्टीका नेताबीच भेटवार्ता
उपमन्त्री येचौ नेतृत्वको टोलीले अध्यक्ष दाहालसँग भेटवार्ताका लागि आज (सोमबार) बिहान खुमलटार पुगेको हो।
त्यसअघि उपमन्त्री येचौ नेतृत्वको टोलीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरेको थियो। प्रधानमन्त्री ओलीसँगको भेटमा नेपाल-चीन सम्बन्धबारे छलफल भएको प्रधानमन्त्रीको वैदेशिक मामिला सल्लाहकार राजन भट्टराईले जनाएका छन्।
संसद् विघटनपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा उत्पन्न विवाद समाधानका लागि चिनियाँ प्रनिनिधि मण्डल नेपाल आएको कतिपयको आँकलन छ। उक्त टोली आइतबार नेपाल आएको हो।
पुष १३, २०७७ सोमबार १०:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।