संसद् विघटनविरुद्ध कांग्रेसले आज देशैभर प्रदर्शन गर्ने 

संसद् विघटनविरुद्ध कांग्रेसले आज देशैभर प्रदर्शन गर्ने 

प्रदर्शनका लागि केन्द्रीय सदस्यहरू आफ्नो गृह जिल्लामा हुने कार्यक्रममा सहभागी हुने कांग्रेसले जनाएको छ। 

तर, पार्टी सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेलधुरा गएका छैनन्। देउवाले भक्तपुरको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको कांग्रेसले जनाएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको दुइटा कार्यक्रमलाई सम्बोधन गर्ने छन्। 

संसद् विघटनपछि पार्टी केन्द्रीय समिति बैठकले आज देशैभर प्रदर्शन गर्ने निर्णय गरेको थियो। 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद् विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि चुनावको घोषणा गरेकी थिइन्। 
 

पुष १३, २०७७ सोमबार ०७:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।