दाहाल-नेपाल भेट्दै चिनियाँ टोली

दाहाल-नेपाल भेट्दै चिनियाँ टोली

आइतबार दिउँसो एयर चाइनाको चार्टर उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको टोलीले आइतबार राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेको थियो।

भेटवार्तामा चिनियाँ टोलीले नेकपाको एकताको सम्भावना, राजनीतिक अस्थिरता भए नेपालमा बढ् नसक्ने भारतीय प्रभाव लगायतका विषयमा छलफल गरेको थियो। आइतबार बेलुका प्रधानमन्त्री ओलीसँगको भेटमा नेपाल-चीन सम्बन्धबारे छलफल भएको प्रधानमन्त्रीको वैदेशिक मामिला सल्लाहकार राजन भट्टराईले जनाएका छन्।

चिनको दूतावासमा बसेको टोली नेपालमा ४ दिन बस्नेछ। नेपाल चिन सम्बन्ध टोलीको मुख्य चासो भनिए पनि नेकपाको किचलो टोलीको मुख्य चासो देखिन्छ।

चिनियाँ टोली आउनु अगाडि नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले भेटघाट बढाएकी थिइन्। उनले राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा अध्यक्ष दाहाल, अध्यक्ष माधवकुमार नेपाल, नेता कृष्णबहादुर महरा र वर्षमान पुनसँग  भेटेकी थिइन् । 

पुष १३, २०७७ सोमबार ०७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।