‘एमसीसी सम्झौता नेपालको पक्षमा छ’
काठमाडौं : नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता नेपालको पक्षमा रहेको दाबी गरेका छन्।
आइतबार पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमसिसी कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे। सम्झौतामा देशको स्वाभिमानलाई कमजोर पार्ने बुँदाहरू भए सच्याउन सकिने उनले बताए।
यस्तै, उनले देशलाई ऊर्जामा आत्मनिर्भर बनाई विद्युत निर्यात गर्ने गरी योजना अघि बढाइने प्रतिवद्धता व्यक्त गरे।
रायमाझी गत शुक्रबार ऊर्जामन्त्री नियुक्त भएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले उनीसहित आठ मन्त्री र एक राज्यमन्त्रीलाई नियुक्त गरेका हुन्।
पुष १२, २०७७ आइतबार १३:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।