गुल्मीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

गुल्मीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौं : गुल्मीमा ट्रकको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय, गुल्मीका अनुसार ट्रकको ठक्करबाट रेसुंगा नगरपालिका–१३, भगारी बस्ने २६ वर्षीय टोपबहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेलको मृत्यु भएको हो। 

बुटवलबाट खाद्यान्न बोकेर तम्घासतर्फ जाँदै गरेको ना५ख ३२०४ नम्बरको ट्रकले रेसुंगा नगरपालिका–१३, भगारीस्थित मसिने खोलामा आज (आइतबार) बिहान साढे २ बजेतिर ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। चालक र ट्रक प्रहरीको नियन्त्रणमा छ। 

पुष १२, २०७७ आइतबार ०९:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।