दाहाल–नेपाल समूहमा गएपछि प्रदेश १ का आर्थिक मामिला मन्त्री आङ्बो बर्खास्त

दाहाल–नेपाल समूहमा गएपछि प्रदेश १ का आर्थिक मामिला मन्त्री आङ्बो बर्खास्त

काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेका छन् ।

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर संकलनमा लागेको भन्दै उनलाई शनिबार साँझ पदमुक्त गरिएको मुख्यमन्त्री राईका प्रमुख स्वकीय सचिव नवराज राईले जानकारी दिए। ‘आफ्नै क्याबिनेटका मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर संकलन गर्न थालेको प्रमाण भेटिएपछि आङ्बोलाई मुख्यमन्त्रीज्यूले पदमुक्त गर्नुभएको हो,’ स्वकीय सचिव राईले भने।  

उनी निकट स्रोतले भने रामबहादुर थापाको साथ छाडेर दाहाल–नेपाल समूहमा गएकै कारण मन्त्रीबाट बर्खास्त गरिएको दाबी गरेको छ। 

राईले तत्कालीन माअोवादीबाट सरकारको नेतृत्व गरेका थिए। 

नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम मन्त्री आङ्बोलाई पदमुक्त गरेको स्वकीय सचिव राईले जानकारी दिए। 

पुष ११, २०७७ शनिबार १९:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।