संसद् विघटनविरूद्वको प्रदर्शनमा सहभागी हुन देउवाको अपील

संसद् विघटनविरूद्वको प्रदर्शनमा सहभागी हुन देउवाको अपील

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरूद्वमा पुस १३ गते सोमबार १६५ निर्वाचन क्षेत्रमा आयोजना गरिने विरोध प्रदर्शनमा सहभागिताका लागि देउवाले अपील गरेका हुन्।

विघटनकै दिन पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरुको बैठक आयोजना गरेर बैठकमार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको देउवाले जनाएका छन्। 

‘संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरितको कार्य विरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ’, देउवाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘जारी केन्द्रीय कार्यसमितिको बैठकमा म आफैले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर, केन्द्रीय कार्यसमितिको निर्णय पश्चात् अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ। पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।’

पुष ११, २०७७ शनिबार १४:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।