चितवनमा १८ किलो गाँजासहित बाबुछोरा पक्राउ

चितवनमा १८ किलो गाँजासहित बाबुछोरा पक्राउ

इलाका प्रहरी कार्यालय, भण्डाराले अवैध लागुऔषध गाँजासहित मकवानपुरको राक्सिराङ गाउँपालिका–७, गर्लिङका ३५ वर्षीय रामकृष्ण प्रजा र १२ वर्षीय छोरालाई शुक्रबार पक्राउ गरेको हो। 

उनीहरूलाई राप्ती नगरपालिका–४, झरना जाने सडकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चेकजाँचका क्रममा उनीहरूले बोकेको झोलामा गाँजा भेटिएको थियो। 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

पुष ११, २०७७ शनिबार १४:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।