ओली कदम आत्मघाती भन्ने साहलाई मन्त्री पद उपहार !

ओली कदम आत्मघाती भन्ने साहलाई मन्त्री पद उपहार !

सामाजिक संजालमा साहले संसद विघटन गर्ने निर्णयको घोर बिरोधसमेत गरेका थिए। तिनै साहलाई प्रधानमन्त्री ओलीले मन्त्री पद उपहार दिएका छन्। 
सुरुको भेलामा ओली समूहको केन्द्रीय सदस्यको भेलामाा नगएका साह दाहाल-नेपाल समूहको भेलामा गए।
त्यो समूहले माधव नेपाललाई अध्यक्ष चयन गरेपछि आपत्ति जनाएका थिए। उनले विज्ञप्ति नै निकालेर दुई अध्यक्ष बनाउन नहुने फरक मत राखेका थिए। पार्टी एकीकरणपछि प्रदेश-२ मा माधवपक्षसँग उनको विवाद थियो। माधवसँग सुमधुर सम्बन्ध नभएकै कारण साह प्रधानमन्त्री ओलीको गुटमा लागेको आंकलन गरिएको छ। 
संसद विघटन गरिसकेपछि उनी त्यसविरुद्ध लागेका थिए। ओलीले साहलाई शहरी बिकास मन्त्री बनाएका छन्।             

पुष १०, २०७७ शुक्रबार २३:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।