मन्त्रिपरिषद् पुनर्गठन : गुट छाडेका नेतालाई मन्त्री उपहार, आफ्नाको जिम्मेवारी हेरफेर
उनले रिक्त सात पदमा नयाँलाई नियुक्त गर्दा पूर्व माओवादीलाई प्राथमिकता दिएका छन्। आफ्नो गुटमा रहेका मन्त्रीको कार्यक्षेत्र हेरफेर गरेका छन्।
पूर्व माओवादी समुहका टोपबहादुर रायमाझी उर्जा मन्त्री भएका छन्।मणि थापा खानेपानी, प्रभु साह शहरी विकास र प्रेम आले वन मन्त्री भए।
कतै नखुलेका बामदेव गौतम निकट गणेश ठगुन्नालाई सामान्य प्रशासनमन्त्री नियुक्त गरेका छन्। गौरी शंकर चौधरी श्रम मन्त्री भएका छन् भने सिन्धुपाल्चोकका दावा लामा युवा तथा खेलकुद मन्त्री भएका छन्।
एकाघरका श्रीमान् र श्रीमती ओली र दाहाल–नेपाल गुटतिर लागेका महतो परिवारबाट जुली कुमारी महतो महिला बालबालिका मन्त्री भइन्। विमला विश्वकर्मा उद्योग राज्यमन्त्रीमा नियुक्त भइन्।
उनले केही मन्त्रीको जिम्मेवारी हेरफेर गरे। स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका भानुभक्त ढकालले पर्यटन मन्त्री भए। सूर्य चिन्ह लिएर चुनाव लडेका स्वतन्त्र सांसद ह्दयेश त्रिपाठी संघीय मामिला मन्त्रीबाट स्वास्थ्य मन्त्री बनेका छन्।
लीलानाथ श्रेष्ठ महिला बालबालिका मन्त्रीबाट कानून मन्त्री भए भने कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन्। भूमिव्यवस्था मन्त्री रहेकी पद्मा अर्याल कृषि मन्त्री भएकी छिन्।
शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले शिक्षामन्त्रालयको जिम्मेवारी पाएका छन्। युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडको मन्त्री पद खोसिएको छ।
पुष १०, २०७७ शुक्रबार २१:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।