सोमबार २३ चैत, २०८२
ओलीले नियुक्त गरे पाँच मन्त्री, सबै पूर्व माओवादी पक्षका
यसअघि रिक्त मन्त्री मध्य ओलीले पाँच जनालाई नियुक्ती गरेका हुन्।
नयाँ मन्त्रीमा टोपबहादुर रायमाझीलाई ऊर्जा, प्रभु साहलाई श्रम, मणि थापालाई पर्यटन, दावा लामालाई शिक्षा र गौरीशंकर चौधरीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ।
नवनियुक्त सबै मन्त्री पूर्व माओवादी पक्षका हुन्। राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरुको आज साँझ ७ बजे सपथ खुवाइने छ।
ओलीले संसद विघटन गरेपछि पुष्पकमल दाहाल–माधव कुमार नेपाल पक्षका सात मन्त्रीले राजीनामा दिएका थिए।
पुष १०, २०७७ शुक्रबार १७:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।