दाहाल–नेपालले प्रदेशस्तरमै काउन्टर दिन थालेपछि ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध दाहाल–नेपाल पक्षबाट अविश्वासको प्रस्ताव दर्ता गरिएपछि ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
ओलीले शुक्रबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
आज बस्ने मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल हेरफेर गर्ने बताइएको छ। सत्तारूढ नेकपा दुई समूहमा विभाजित भएपछि खाली भएका मन्त्रालयमा ओलीले आफूसँग निकट केही नेतालाई मन्त्री बनाउन लागेका हुन्।
यस्तै मन्त्रिपरिषद्ले प्रदेशका बारेमासमेत केही निर्णय गर्न सक्ने आंकलन गरिएको छ।
ओली पक्षका पौडेललाई दाहाल–नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरेर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ।
दाहाल–नेपाल समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेपछि ओली पक्षका तीन मन्त्रीले राजिनामा दिएका छन्।
पुष १०, २०७७ शुक्रबार १५:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।