मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ

मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले लगनखेलबाट मोटरसइकलसहित पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका–१२ घर भएका २५ वर्षीय रामशरण मिजार र १९ वर्षीय सुवास मिजारलाई चोरी गरेको बा८१प ५२७५ नम्बरको पल्सर २२० मोटरसाइकलसहित पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए।

मोटरसाइकल मालिक अभिषेक ढकालले हुलियासहितको निवेदन २०७४ असोज ९ गते महाशाखामा दिएका थिए।

सोही निवेदनका आधारमा चोरीको मोटरसाइकलसहित पक्राउ गर्न सकिएको एसएसपी भट्टराईले बताए।

पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी बृत्त, बौद्धमा पठाईएको छ। 
 

पुष १०, २०७७ शुक्रबार १४:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।