बाग्मती प्रदेशमा दाहाल–नेपालको काउन्टर

बाग्मती प्रदेशमा दाहाल–नेपालको काउन्टर

पौडेल अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका हुन्। पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले पौडलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएको हो।

मुख्यमन्त्रीले जनअपेक्ष अनुरुप काम गर्न नसकेको आरोप लगाइएको छ। 

दाहाल–नेपाल पक्षका ४५ जना सांसदले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव दर्ता गराएको बुझिएको छ। 

पौडेललाई हटाएर नयाँ मुख्यमन्त्रीमा अष्ठलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ। 

यो प्रदेशमा नेकपाका ८० सांसद छन्। 

तीन मन्त्रीको राजीनामा

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि आजै तीन जना मन्त्रीले पनि राजिनामा गरेका छन्।

राजिनामा गर्नेमा आन्तरिक मामिला तथा कानुनमन्त्ती शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातागवरण मन्त्री अरुण प्रसाद नेपाल र सामाजिक विकासमत्ती युवराज दुलालले छन्। 

यो ओलीपक्षलाई दाहाल–नेपाल पक्षकको प्रदेश स्तरमा पहिलो काउन्टर हो।
 

पुष १०, २०७७ शुक्रबार १३:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।