दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा बुझायो २९५ केन्द्रीय सदस्यको हस्ताक्षर

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा बुझायो २९५ केन्द्रीय सदस्यको हस्ताक्षर

दाहाल, नेपाल र झलनाथ खनालसहितका नेताहरुको समूह हस्ताक्षर बुझाएर निर्वाचन आयोगबाट फर्किएको छ। 

बिहिबारको बैठकमा उपस्थित केन्द्रीय सदस्यहरुको हस्ताक्षर बोकेर बहुमतसिद्ध गर्न दाहाल–नेपाल समूह निर्वाचन आयोग पुगेको हो।

दाहाल–नेपाल पक्षका प्रवक्ता नाराणकाजी श्रेष्ठका अनुसार बिहिबारको बैठकमा नेकपाका २९५ जना केन्द्रीय सदस्य उपस्थित थिए। 

यसअघि उक्त समूहले माइतीघर मण्डलामा प्रदर्शनसमेत गरेका थिए। त्यहाँबाट नेताहरु जुलुससहित निर्वाचन आयोग पुगेका हुन्। उक्त जुलुसलाई भने प्रहरीले जमललमा नै प्रहरीले रोकेको थियो। प्रहरीले निषेधित क्षेत्र भन्दै जुलुसलाई रोकेको हो। त्यसपछि नेपाल–दाहाल लगायत केही शीर्ष नेतहरुमात्रै निर्वाचन आयोग पुगेका थिए। 

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले पनि आफू आधिकारी भएको दाबी गर्दै केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहितका प्रमाण निर्वाचन आयोगमा बुझाएको छ। 

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले संसद विघटनको निर्णय गरेपछि सत्तारुढ नेकपा दुई समूहमा बिभाजित भएको छ। 

पुष १०, २०७७ शुक्रबार १२:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।