संसद विघटनविरुद्ध विवेकशील साझाको पनि प्रदर्शन

संसद विघटनविरुद्ध विवेकशील साझाको पनि प्रदर्शन
तस्वीर : कृष्पा श्रेष्ठ

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गैरसंवैधानिक तरिकाले संसद विघटन गरेर अधिनायकवादी चरित्र देखाएको भन्दै विवेकशील साझा पार्टीले विरोध प्रदर्शन गरेको हो।

विवेकशील साझा पार्टीका कार्यकर्ताहरुले राष्ट्रपति संविधानको रक्षक कि भक्षक ? अधिनायकवादी चरित्र बन्द गर लगायतका नारा लेखिएका प्लाकार्ड बोकेका छन्।
केहीबेर अघि नेकपा दाहाल–नेपाल समूहले पनि संसद विघटनविरुद्ध माइतीघरमै प्रदर्शन गरेको थियो। सो समूह  प्रदर्शनगर्दै निर्वाचन आयोग गएको छ।

पुष १०, २०७७ शुक्रबार ११:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।