‘हामी यहाँ छौं’ भन्दै तीन पूर्वप्रधानमन्त्री संगै सडकमा

‘हामी यहाँ छौं’ भन्दै तीन पूर्वप्रधानमन्त्री संगै सडकमा

‘हामी यहाँ छौं’ लेखिएका प्लाकार्डसहित तीन पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल प्रदर्शनमा छन्। उनीहरुसहित नेकपाका केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधि सभाका सदस्यहरु पनि प्रदर्शनमा सहभागी छन्।
बिहीबार सकिएको केन्द्रीय कमिटीको निर्णयअनुसार सबै केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधि सभाका सदस्यलगायत माइतीघर मण्डलामा भेला भएका हुन्। माइतिघरमा प्रदर्शन पछि नेताहरु सर्वोच्च अदालत जाने जनाइएको छ। सर्वोच्चमा संसद विघटनविरुद्ध परेका रिटमाथि सुनुवाई हुदैछ। यसपछि मध्यान्ह १२ बजे निर्वाचन आयोग जाने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। 
बिहीबार  बसेको सो समूहको केन्द्रीय कमिटी बैठकले चरणवद्ध आन्दोलनका कार्यक्रम घोषण गरेको हो। 
सो समूहले तीन सय भन्दा धेरै केन्द्रिय सदस्यको हस्ताक्षर आयोगमा बुझाउँदैछ।

वैधानिक नेकपा आफू भएको जानकारी र  प्रमाण बुझाउन उक्त समूह आयोगमा जान लागेको हो। 
दाहाल–नेपाल समूहमा ३१५ जना केन्द्रीय र ९३ जना सांसद रहेको दाबी गरिएको छ। 
आजै उक्त समूहले दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर पार्टीका दुवै अध्यक्षको धारणा सार्वजनिक गर्ने बताइएको छ। 
दाहाल–नेपाल पक्षले नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५०१ सदस्यीय प्रतिगमनविरुद्ध संघर्ष समिति गठन गरेको छ।

पुष १०, २०७७ शुक्रबार १०:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।