आवाज परिवर्तन गरेर चलाइएका ३४२ मोटरसाइकल कारबाहीमा 

आवाज परिवर्तन गरेर चलाइएका ३४२ मोटरसाइकल कारबाहीमा 

महाशाखाले एक महिनाको अवधिमा आवाज परिवर्तन गरेर मोटर साइकलचलाउने ३४२ जनालाई कारबाही गरेको हो। 

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनुका साथै सर्वसाधरणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याएको कारण कारबाही थालिएको बताए। 

जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकल चलाउन कडाइ गरेको महाशाखाले जनाएको छ। 

विशेष गरि युवाहरुले मोटरसाइकलमा ठूलो आवाज बनाएर गुडाउने तथा मोटरसाइकलको  स्वरुप परिवर्तन गरी चलाउने गरेका छन्। 

पुष ९, २०७७ बिहीबार १८:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।