दाहालको कार्यकारी अधिकार खारेजगर्दै ओलीले निर्वाचन आयोगमा बुझाए संशोधित विधान
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रयोग गर्दै आएको कार्यकारी अधिकार खारेज भएको सूचनासहित संशोधित विधान निर्वाचन आयोगमा दर्ता गराएका छन्।
प्रधानमन्त्री ओलीका कानुनी सल्लाहकार बाबुराम दाहालले विगतमा अर्का अध्यक्षले प्रयोग गर्दै आएको जिम्मेवारी प्रयोग गर्न पाउने दफा विधानतः बदर भएको लिखित जानकारी आयोगलाई दिएको जानकारी दिए।
अब अर्का अध्यक्षबाट भएको काम–कारवाही विधानतः अवैधानिक मानिँने छ।
दाहालका अनुसार अब प्रथम अध्यक्षको हस्ताक्षरमा मात्रै आधिकारिक निर्णय हुनेछ। त्यसअतिरिक्त अध्यक्षले केन्द्रीय समितिका सदस्यहरू मनोनित गर्न पाउने र केन्द्रीय समितिबाट अनुमोदन गरेमा पुग्नेछ।
संशोधित विधान र ११९९ सदस्यीय सूची पनि आयोगमा बुझाएको दाहालले जानकारी दिए। ओली र दाहाल–नेपाल दुबै पक्षले आफुलाई आधिकारीक बनाउन लागिपरेका छन्।
पुष ९, २०७७ बिहीबार १७:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।