ओली समूहले तोक्यो प्रदेश इन्चार्ज

ओली समूहले तोक्यो प्रदेश इन्चार्ज

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले प्रदेश इन्चार्ज तोकेको छ।

बिहिबार बालुवाटारमा आज बसेको नेकपाको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले बिभिन्न नेताहरुलाई प्रदेश संयोजकको जिम्मेवारी तोकेको हो।

ओली पक्षका केन्द्रीय सदस्य सम थापाका अनुसार सुदूरपश्चिम इन्चार्जको जिम्मा लेखराज भट्टलाई दिइएको छ। पूर्व माओवादी समुहबाट उद्योग मन्त्री बनेका भट्टले पष्पकमल दाहालको साथ छोडेर ओली पक्षमा लागेका छन्।

कर्णाली प्रदेशको इन्चार्जको जिम्मा मणि थापाले पाएका छन्।

लुम्बिनी प्रदेशमा शंकर पोखरेल, गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ, बागमती प्रदेशमा ईश्वर पोखरेल प्रदेश २ मा सत्य नारायण मण्डल, प्रदेश १ मा सुवासचन्द्र नेम्वाङलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ।

यस्तै काठमाण्डौ उपत्यकामा कृष्ण गोपाल श्रेष्ठ र  जनसंगठन इन्चार्जको जिम्मा टोपबहादुर रायमाझीले पाएका छन्।
 

पुष ९, २०७७ बिहीबार १७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।