ओलीको कदम गैरसंवैधानिक पुष्टि गर्न दाहाल–नेपाल समूह सर्वोच्च र निर्वाचन आयोग जाने
काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद् विघटन गैरसंवैधानिक भएको भन्दै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूह सर्वाेच्च अदालत र निर्वाचन आयोग जाने भएका छन्।
दाहाल–नेपाल समूहको आज (बिहीबार) बसेको स्थायी कमिटी बैठकले भोलि (शुक्रबार) सर्वोच्च अदालत र निर्वाचन आयोग जाने निर्णय गरेको हो।
दाहाल–नेपाल पक्षका एक सांसद्का अनुसार आज बसेको स्थायी कमिटी बैठकले भोलि बिहान १० बजे सर्वोच्च अदालत र १२ बजे निर्वाचन आयोग जाने निर्णय गरेको हो।
संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटहरूमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ।
पुष ९, २०७७ बिहीबार १४:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।