सोमबार २३ चैत, २०८२
संसद् सुचारु गर्न जसपाको आह्वान
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले संसद् सुचारु गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आह्वान गरेको छ।
जसपाका नेताहरूले बिहीबार सभामुख सापकोटालाई भेटरयस्तो आह्वान गरेका हुन्। प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानमा नभएकाले संसद् जीवितै रहेको जसपाको निष्कर्ष छ।
सभामुख सापकोटासँग पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र नेता लक्ष्मणलाल कर्णले भेट गरेको भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए।
पुष ९, २०७७ बिहीबार १३:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।