झारफुक गर्ने बहानामा जबरजस्ती करणी गर्ने पक्राउ
काठमाडौं : झारफुक गर्ने बाहानामा ३९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्रराउ गरेेेेको छ।
शंखरापुर नगरपालिका-६ सलम्बुटार घरभई सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ हैबुङ बस्ने ४६ वर्षीय भिम बहादुर सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
भिमले ती महिलालाई झारफुक गर्ने बहानामा बोलाई सलम्बुटारस्थित टहरोमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
पुष ९, २०७७ बिहीबार १२:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।