कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, आन्दोलनको मिति तोकिन सक्ने
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (बिहीबार) पनि बस्दै छ।
बैठकले संसद् विघटनविरुद्ध आन्दोलनको मिति तोक्ने सम्भावना रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए। मंगलबारदेखि जारी केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु हुने छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि त्यसबारे आवश्यक रणनीति तय गर्न बैठक बोलाइएको थियो।
उक्त कदमको विरोधमा आन्दोलनमा जाने कि सर्वाेच्चको आदेश कुर्ने भन्नेमा कांग्रेसमा मतभेद देखिएको छ। पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल तत्काल आन्दोलन थाल्नु पर्ने पक्षमा छन्। तर, पार्टी सभापति शेरबहादुर देउवा अहिले नै आन्दोलन थाल्ने कि सर्वोच्च अदालतको आदेश पर्खिनेबारे खुलेका छैनन्।
पुष ९, २०७७ बिहीबार १०:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।