प्रतिनिधि सभा विघटन नहुँने सभामुखद्वारा स्पस्टोक्ति 

प्रतिनिधि सभा विघटन नहुँने सभामुखद्वारा स्पस्टोक्ति 

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म विघटन नहुने स्पष्ट पारेका छन्।
 

मन्त्रिपरिषद्को सिफारिसमा संसद विघटन भएको चार दिनपछि बुधबार मुख खोल्दै सापकोटाले संविधानको धारा ७६ अनुसार प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको बताएका छन्।

एक विज्ञप्ति जारी गर्दै सापकोटाले भनेका छन् ‘संविधानको फरक व्याख्या नहोस र शक्ति पृथकीकरण सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको हो।’

विगतको विसंगतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत समृध्दिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधि सभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य यहाँ स्मरणीय रहको उनले विज्ञप्तिमा उल्लेख गरका छन्।

नेपालको संविधानको धारा ९३ (१) बमोजिम यही २०७७ पुस १७ भित्र संघीय संसदको सातौं अधिवेशन सुरु गर्न गृहकार्य भइरहँदा अप्रत्यासित रूपमा प्रतिनिधि सभामाथि अवरोध सृजना गरिएकोमा सिंगो प्रतिनिधि सभा र आफूलाई मर्माहत बनाएको विज्ञप्तिमा उल्लेख छ।

सभामुख सापकोटाले संविधानको रक्षाका लागि राजनीतिक दलहरूबीच फेरि एक पटक उच्चस्तरीय समझदारीको आवश्यकता रहेको पनि औल्याएका छन्।
 

पुष ८, २०७७ बुधबार २०:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।