नेकपाको आधिकारीकता विवाद आयोगको इजलाशबाट टुंगो लाग्छ : पूर्व प्रमुख निर्वाचन आयुक्त यादव

नेकपाको आधिकारीकता विवाद आयोगको इजलाशबाट टुंगो लाग्छ : पूर्व प्रमुख निर्वाचन आयुक्त यादव

दुवै पक्ष आ–आफ्नो दाबीसहित आयोगको सरणमा गएपछि कसरी टुंगो लाग्छ त आधिकारीकता विवाद ? यसबारे उकेराले आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग जिज्ञाशा राखेको छ।

यस्तो छ यादवको धारणा

नेकपामा देखिएको आधिकारीकताको समाधान आयोगको ईजलासबाट टुंगो लगाउने छ। राजनीतिक दल सम्बन्धि ऐन’ को परिच्छेद ९ को ४५ देखि ४६ मा यसबारेको व्यवस्था छ। दुवै पक्षलाई आयोगको इजलाशमा बसाएर कानुनसम्बत फैसला गर्ने छ।

नेकपामा यहि पक्षले आधिकारिकता पाउछ भनेर अहिले नै भन्न सकिदैन। विवाद लिएर आएपछि आयोगले विवाद निराकरणका लागि कानूनी प्रकृया पुरा गरेर कानून सम्बत फैसला गर्ने छ।

हालसम्मको अनुभवमा पनि सोहि आधारमा आधिकारिकताको छिनोफानो गरिने छ।
 

पुष ८, २०७७ बुधबार १८:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।