मालपोत अधिकृतसहित चार जनाबिरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : मालपोत कार्यालय तुलसीपुर दाङका कार्यालय प्रमुख मालपोत अधिकृतसहित चार जनाबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
मालपोत अधिकृत नरेश कुमार खड्कासहित चार जनाबिरुद्ध जनही ३ लाख २० हजार बिगो कायम गरि बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो। सेवाग्राहीले सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराई दिने प्रयोजनको लागि मालपोतका नासु पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाइले घुसवाफत लिएको रकमसहित अख्तियारले रंगेहात पक्राउ गरेको थियो।
अनुसन्धानको क्रममा कार्यालय प्रमुख तुलसीपुर दाङका कार्यालय प्रमुख खड्का, मुद्दा फाँटका ना.सु. केशवराज अधिकारी, मोठफाँटका ना.सु. पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेले मिलेमतो गरी घुस लिएको खुलेको अख्तियारले जनाएको छ।
पुष २, २०७७ बिहीबार १४:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।